हेटौंडा ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मागीखाने र ठगीखानेलाई गरिखाने वर्ग बनाउने पार्टी कांग्रेस भएको बताउनुभएको छ ।
भारतको नयाँदिल्लीस्थित मालवीय स्मृति भवनमा आइतबार नेपाली जनसम्पर्क समिति भारतको वार्षिक भेला, नेपाल–भारत सम्बन्ध, वीपी विचार, प्रवासीका समस्याबारे अन्तत्र्रिmयाका साथै प्रशिक्षण कार्यक्रममा नेता बानियाँले राजनीति व्यापार नभएर सेवा भएकाले सेवा गर्न नछाड्न आग्रह गरे ।
कांग्रेसको सिद्धान्त र विचार राम्रो भएकाले जनताको आकर्षण बढेको बताउँदै नेता बानियाँले धेरै हण्डर र ठक्कर खाँदै प्रवासमा बसेर कर्म गर्दै नेपाल र नेपालीको सेवा गरिरहेकोमा उच्च प्रशंसा गरे । नेता बानियाँले २०६२-०६३ को जनआन्दोलनमा भारतमा रहेका नेपालका राजनीतिक दलका भ्रातृ संगठनहरुलाई समेत आफ्नो विश्वासमा लिएर विशाल नेपालीहरुको प्रतिनिधित्व गर्दै आन्दोलनमा सहभागी भएर इतिहास रच्ने सुवर्ण अवसर प्राप्त गरेको उल्लेख गरे । हरेक प्रजातान्त्रिक आन्दोलनमा प्रवासबाट टेवा पु¥याएको नेपाली जनसम्पर्क समिति भारतको विधि र विधान नेपाली कांग्रेससँग सम्बन्ध रहेको उनको दाबी छ । जनसम्पर्क समिति भारत अध्यक्ष बालकृष्ण पाण्डेको सभाध्यक्षतामा कार्यक्रम भएको थियोे । जनसम्पर्क समिति भारतको जननायक वीपी कोइरालाको प्रमुख आतिथ्यतामा सन् १९७६ जुन १३ (२०३३ जेठ १३) गते मुम्बइको महानगरमा स्थापना भएको इतिहास छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।