बुटवल ।
तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नावाट छनोट भएका १५ जना नगर प्रहरीलाई आईतवार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिना देखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापन संगै दीक्षीत गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकष्ण खांण, उप प्रमुख जगेश्वरी देवि चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी र गणका गर्णपती आनन्द बहादुर थापा नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामुहिक रुपमा दीक्षीत गर्नु भएको हो ।
सोही अवसरमा नगर प्रमख रामकृष्ण खांणले तालिम सकाएर दीक्षीत भएका नगर प्रहरीहरुलाई स्वागत गदै नगरवासीलाई सुरक्षाको प्रत्याभूती दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाएको बताउनु भयो । उहाँले राज्यको दाईत्व पहिला गांस बांस, र कपास रहेकोमा त्यसमा अहिले शिक्षा , स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानिय तहले पनि नगरवासीको सुरक्षाको जिम्मा लिनु पर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी निकै प्रभावकारी हुने धारणा राख्नु भयो ।
कार्यक्रममा नगर उप प्रमुख जगेश्वरी देवि चौधरीले तालिमका दौरानमा सिकेका विषयलाई कार्यस्थलमा हुबहु प्रयोग गदै नगर र सार्वजनिक सम्पतिको सुरक्षा संगै आमनागरिकको सेवामा खटनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारीले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिनु भयो ।
गणका गणपती आनन्द बहादुर थापाको अध्यक्षतामा दीक्षान्त कार्यक्रम गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।