काठमाडौं ।
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ । उपकुलपति प्रा.डा.भोला थापाको पदावधि सकिएपछि केयूका रजिष्ट्रार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल माघ ७ गतेको निर्णय अनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न रजिस्ट्रार वाग्लेलाई नै जिम्मेवारी दिइएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।