काठमाडौँ।
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बुधबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने दजनौं घाइते भएका छन् । ज्यान गुमाउनेमा सात नेपाली पनि परेका हुन् ।
मृतकमध्ये चारजना अछामका र एक कैलालीका छन् भने दुईको ठेगाना भने खुलिसकेको छैन ।
मृत्यु हुनेमा अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छन् ।
त्यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।
त्यस्यै दुर्घटनामा घाइते भएका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।
लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा रेलमा आगो लागेको खबर फैलीएपछि यात्रुहरू हाम फालेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरुलाई किचेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।