रामेछाप । रामेछापमा कृषि पर्यटन औद्योगिक प्रदर्शनी मेला २०८१ हुने भएको छ । रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापको आयोजनमा माघ १६ गते देखि २६ गते सम्म प्रदर्शनी मेला हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कृषि, जलस्रोत, वन, कला संस्कृतिको जर्गेना गराँैँ, पर्यटन प्रबन्धन गरौँ भन्ने नारा सहित सञ्चालन हुने कृषि, पर्यटन औद्योगिक प्रर्दशनि मेला २०८१ हुने आयोजकले बताएको छ । रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा ११ दिन सम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
गत वर्षका अनुभव र गुनासोलाई सम्बोधन गर्ने गरी उद्घाटन भएको दिन माघ १६ र समापन हुने दिन माघ २६ गते प्रवेश निःशुल्क हुने रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयो । अन्य दिन भने बिहान १० बजे देखि ३ः३० बजे सम्म हरेक दिन निःशुल्क र बेलुका ४ बजेबाट हुने सांस्कृतिक कार्यक्रममा रु १ सय प्रवेश शुल्क लिने निर्णय भएको आयोजकले जनाएको छ ।
मेलामा कृषि, घरेलु उत्पादनहरू, स्थानीय स्तरमा उत्पादन भएका हस्ताकला तथा साना उद्योगका सामग्री, विभिन्न जातजातिको झाकिँ प्रदर्शन गरिने छ । मेलामा ७५ वटा भन्दा बढी स्टल रहने छन् । भने स्थानीय र राष्ट्रिय स्तरका कालाकारद्वारा संगितिक कार्यक्रम प्रदर्शन गरिने आयोजकहरूले जानकारी गराए । कार्यक्रममा २५ लाख बरावरको आम्दानी खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।