
ललितपुर ।
सरकारले लगानीमैत्रीको वातावरण बनाउन नसकेको भन्दै ललितपुरका उद्यमी र व्यवसायीहरुले यस्तै अवस्थामा रहे व्यवसायीहरु व्यवसायबाट पलाउन हुँदै जाने बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघको वित्तीय समितिले हालै आयोजना गरेको वित्तीय शिक्षा, लगानी र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन्।
सो अवसरमा ललितपुरका प्रदेश सांसद् रामकृष्ण चित्रकारले आर्थिक विकासको अपेक्षा पुरा नहुँदा जनतामा निराशा छाएको बताए। जनतामा छाएको निराशा चिर्न नसके मुलुक असफलतातर्फ उन्मुख हुने खतरा पनि उनले औँल्याए।
सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुसन महर्जनले दुई तिहाईको सरकारले पनि अपेक्षाकृत लगानीमैत्री वातावरण बनाउन नसकेको बताए । अर्थतन्त्रमा देखिएको निराशा, समस्या र अवसरबारे छलफल गर्न वित्तीय शिक्षा, लगानी र अवसरबारे कार्यक्रम
संघले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड, र इन्दिरा सेक्युरिटिजसंग सहकार्य गरी सो कार्यक्रम आयोजना गरेको थियोे। सो अवसरमा वित्तीय शिक्षा, लगानीका सम्भावनाहरू र आर्थिक अवसरबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।
संघका महासचिव भूमीनन्दन कर्माचार्यले व्यवसाय अभिवृद्धि गर्न चाहने, स्वरोजगारमा रुचि राख्ने र वित्तीय क्षेत्रको समझ बढाउन चाहने व्यक्तिहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताउँदै लगानी मैत्री वातावरणको लागि सरकारलाई घचघच्याउनुपर्नेमा जोड दिए।
सो अवसरमा समितिका संयोजक रवि महर्जनले बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसाय अनुकूल नीति तर्जुमा गर्नुपर्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।