बुटवल।
मानवसेवा आश्रमलाई लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि तिलोत्तमानगरपालिकाले ५१ लाख र सिद्धार्थनगरपालिकाले २१ लाख दिने घोषण गरेका छन ।
एक कार्यक्रमका बिच नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वर देवी चौधरी प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सो को प्रतिबद्धता व्यक्त गरेका हुन्। मानव सेवा आश्रम निर्माणमा योजनामा लाग्ने खर्चमा सो रकम बराबरको सहयोग हस्तान्तरण गर्ने उल्लेख गर्दै तिलोत्तमा नगरपालिका क्षेत्रलाई सहयोगापेक्षी मानव मुक्त सडक घोषणा गर्न मानव सेवा आश्रमले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
गत वर्ष पनि नगरपालिकाले आश्रममा जाने १ करोडको बाटो निर्माण समेत गरेको थियो। अहिले तिलोत्तमा–६ स्थित मोक्षधाम भएको स्थानमा रहेको आश्रममा देशभरका मानिस आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको पालन पोषण र लत्ताकपडा, स्वास्थ्य उपचार र ब्यबस्थापन सम्मको ब्यवस्था सहयोगीबाट जुटाएर आश्रमले गर्दै आएको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नगरपालिकाले दिएको प्रतिबद्धतालाई आत्मसात गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे । नगरपालिकालाई यो आर्थिक वर्षभित्र सहयोगापेक्षी मानवमुक्त नगर घोषणा गर्ने योजना रहेको आश्रमले जनाएको छ ।
सोही अवसरमा सिद्धार्थ नगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान र नगर उप प्रमुख उमा अधिकारीले समेत २१ लाख बराबरको योजना दिने घोषणा गरेका छन्।
सोही क्रममा महायज्ञमा रुपन्देहीको तिलोत्तमा निवासी कृष्ण गैरे, सुभाष गैरे र हरिकला गैरेले ५ लाख ११ हजार रुपैयाँ दान गरेका छन् । तिलोत्तमा नगरपालिकाको ५ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार दिने प्रतिबद्धता गरेको छ ।
तिलोत्तमा ५ निवासी तोपनारायण भण्डारीले भवनको निर्माणको लागि ५ लाख ५१ हजार, तिलोत्तमा१५ निवासी तिलप्रसाद भट्टराई र गिरिसर भट्टराईले पनि एक कोठा निर्माणको लागि प्रतिबद्धता गरेका छन् । तानसेन नगरपालिका १० पाल्पा निवासी गोपाल पौडेल र विष्णु पौडेलले ५१ हजार ११ रुपैयाँ दिने प्रतिबद्धता गरेका हुन् । तिलोत्तमा १ मोक्षधाम सेवा आश्रम सञ्चालक तथा लेखा समितिले १ लाख १ हजार ५ पाँच रुपैयाँ प्रदान गरेको छ ।
तिलोत्तमा ५ निवासी क्याप्टेन खेमनारायण काफ्ले र मुक्ता काफ्लेले ५१ हजार दिवस भण्डारीले ११ हजार, तिलोत्तमा १ निवासी जमुनादेवी अर्याल एवं समस्त परिवारद्वारा ७५ हजार रुपैयाँ दान गरेका छन् । त्यस्तै महायज्ञमा रूपन्देहीका विभिन्न ठाउँहरूबाट आमा समूहहरूको बाक्लो उपस्थिति रहेको थियो । महायज्ञमा स्थानीय तहका जनप्रतिनिधि लगायत २ सय ५० भन्दा बढी व्यक्ति तथा संघ संस्थाहरूले आफ्नो गक्ष्य अनुसार दान गरेका छन्।
त्यस्तै रूपन्देही जिल्लासहित छिमेकी जिल्लाहरुका स्थानीय पालिकाहरुले सहयोगको लागि प्रतिबद्धता गर्ने क्रम जारी रहेको छ । तिलोत्तमा–५ मणिग्राममा सुरु भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ चर्चित कथा वाचक भागवत भास्कर कमलनयन गौतमले निःशुल्क रूपमा कथा वाचन गरिरहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।