काठमाडौं ।
काठमाडौंको क्षेत्रपाटीमा रहेको ऐतिहासिक इखा पोखरीकाको पुनःनिर्माण कार्यको शिलान्यास गरिएको छ ।
आइतबार इखा पोखरीको पुनःनिर्माण कार्यको शिलान्यास गरिएको हो ।
पुनः निर्माणको कार्यमा ३ करोड ६४ लाख लागतमा करिब साढे ७ रोपनी क्षेत्रफलमा तयार हुँदैछ । उक्त परियाेजनाकाे अवधि २०८२ माघ मसान्तसम्मकाे रहेकाे छ । पुनःनिर्माण इखा पोखरीभित्र करिब ६ रोपनी क्षेत्रफलमा पानीको भाग हुनेछ । पानीको भागभन्दा बाहिर वरिपरि २ मिटरको पैदल मार्ग हुनेछ ।
पुनःनिर्माण गर्दा आकाशे पानी जम्मा हुने प्रणाली बनाइनेछ । सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको निर्माण पक्ष माघ ११ गते निर्माण पक्षसँग सम्झौता गरिएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।