काठमाडौँ ।
प्रधान सेनापति अशोक राज सिग्देलले सोमबार बर्दिवास स्थित श्री मध्य पूर्वी पृतना हेडक्वाटरको निरीक्षण गरेका छन् । सो क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका थिए।

निरीक्षणको दौरानमा प्रधान सेनापतिले सिन्धुलीगढी इलाकामा सञ्चालन भई रहेको कमाण्ड तहको क्षेत्र प्रशिक्षण अभ्यास रक्षा-४ को बारेमा जानकारी लिई सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।


यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।