धादिङ।
दुई साता अघि गल्छी गाउँ पालिका वडा नम्बर ५ पाल्चाेकका राजन भण्डारीले फोन गरेर पाँच वर्षदेखि आफूले राखेकाे दुईजना बालिकाकाे नागरिकता बनाउने विषयमा सहयाेग मागे । २१ वर्षीया बिमला र १९ वर्षीया जीतकुमारी भन्ने पुर्णिामा पुनमगर दाङकाे खाेलीगाउँका नानिहरु पाँचवर्षदेखि पालेर छाेरी बनाएर राखेकाेले के कसरी नागरिकता दिलाउने भन्ने बालिकाका संरक्षक राजन भण्डारी र सीता भण्डारीकाे प्रश्न थियाे ।
म एक संचारकर्मी तथा अधिकारकर्मीकाे नाताले दाङका इन्सेक प्रतिनिधि जयनारायण पुनलाई खाेलीगाउँका बाबु पुर्णबहादुर पुन मगर र आमा पवित्रा पुनमगर खाेजी गर्न आग्रह गरेँ । दुइदिनपछि घर पत्ता लागेपछि छाेरीहरु लिएर संरक्षक भण्डारी दाङ खाेलिगाउँ पुगे ।
घोराही उमनपा-१९ खाेलीगाउँमा बालिकाहरुले भनेकाे स्थानमा घरमा बाबुअामाले छाेरी र संरक्षकलाई स्वागत गरे । वडाले बिछाेडबाट घर भेटायका परिवारकाे लागि जन्मदर्ता र नागरिकता सिफारिस गरेपछि दाङबाट १९ वर्षीया पुर्णिमाकाे नागरिकता बन्याे । विमलाकाे धादिङमा नै संरक्षकले विवाह गरिदिएका कारण धादिङबाट नागरिकता बनाउने छिन् ।
५ वर्षपछि बिछाेडिएकाे परिवार भेटेका बिमला र पूर्णिमा जन्म घरमा बस्न मानेनन् । आफूलाई संरक्षण दिएकाे घरमा नै अाफ्नाे बाबुअामा भएकाे भन्दै गल्छी फर्किए ।
इटाभट्टामा काम गर्न धादिङको गल्छी गाउँपालिका-७ पुगेका घोराही उपमनपा-१९ का पुर्णिामा र २० बिमलाले बेपत्ता भएको पाँच वर्षपछि परिवार भेटेका छन्।
हराएका बालिकाहरूले बुबा, आमा र परिवार भेटेका हुन् । कोरोना महामारीको क्रममा हराएका बालिकाहरूलाई गल्छी गाउँपालिका-५ पाल्चोकका राजन भन्डारी, सीता भण्डारीले छाेरी बनाएर संरक्षण गरी राखेका थिए । गाउँमा हराएका बालिका अलपत्र परेकाे अवस्थामा २०७६ मा उद्धार गरी घरमा लक्षमीकाे रुपमा भित्र्याएको र उनीहरुकाे परिवार फेला परेकोमा खुसी छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।