काठमाडौं ।
१६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक अन्ततः संसद पुगेको छ।
गृह मन्त्रालयले बिधेयक मंगलबार संसदमा दर्ताका लागि पेश गरेको हो । विधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ ।
विधेयकको दफा ५७(ग) मा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले न्यूनतम १६ वर्ष सेवा अवधि पुगेमा पेन्सन पाउने उल्लेख छ ।
तर, पेन्सन भने उनीहरुले प्रहरी सेवामा नियुक्त भएको २० वर्ष सेवा अवधि पुगेपछि मात्र दिने उल्लेख छ । प्रहरीका कर्मचारीले यस्तो प्रावधानका लागि माग गर्दै आएका थिए । यद्यपी विधेयक संसदबाट पास भएपछि मात्र यो कार्यान्वायनमा जानेछ ।
त्यसका लागि केही महिना लाग्न सक्नेछ । विधेयकमा ३० वर्षे सेवा हद नराख्ने तथा आइजिपीको अवकाशको उमेर हद ६० वर्ष बनाउने उल्लेख छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।