काठमाडौं ।
तराइ मधेस केन्द्रित दलहरूको संयुक्त बैठक सुरू भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा सो बैठक बसिरहेको हो । बैठकमा ८ दलको सहभागिता रहेको छ ।
जसअनुसार जसपाबाट रेणु यादव, जनमत पार्टीवाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव, सब्बिर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल, र विजय सिंह रहेका छन् ।
गठबन्धन बनाउने तयारीका साथ सो बैठक बोलाइएको हो । छलफल जारी रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।