उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा न्यू त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर, सप्तरीलाई हराउँदै एभरेष्ट फुटबल क्लब सुनसरी विजयी भएको छ ।
खेलको पहिलो हाफको निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको मध्यान्हमा डिबक्स एरियामा फत्तेपुरका खेलाडीले फल खेल्दा सुनसरीले पेनाल्टी प्राप्त गरेको थियो । सुनसरीले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जर्सी नम्बर ९ का आशिष चापागाईंले गोल गर्दै फत्तेपुरलाइ १–० गोल अन्तरले पराजित गरेको हो ।
आशिष चापागाईंले गरेको पेनाल्टी गोल निर्णायक हुँदा सुनसरी विजयी भएको हो । खेलमा सुनसरीका आशिष चापागाईं म्यान अफ दी म्याच घोषित भएका थिए । भोलिको पहिलो सेमिफाइनल खेल सलहेश फुटबल क्लब सिराहा र बागमति फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।