काठमाडौँ।
काठमाडौँको ठमेलको एक घरमा आज बिहान आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
आगलागी बाट ६५ लाख बराबरको धनमाल नष्ट भएको बताइएको छ।
प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।