काठमाडौँ।
बारमा दुई हजार लिटर अवैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई न.पा. वडा नं. ०३ र १० स्थित ३ स्थानमा सञ्चालित अवैध मदिरा भट्ठीबाट तयारी मदिरा २०० लिटर र कच्चा पदार्थ १८०० लिटर नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.प्रकाश सापकोटाले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।