काठमाडौँ।
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनकी श्रीमति डचेस सोफी नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन्।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा उनीहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।