![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a498e0a4b0-e0a498e0a4b0e0a4aee0a4be-e0a4a7e0a4bee0a4b0e0a4be-e0a49ce0a58be0a4a1e0a4bfe0a48fe0a4aae0a49be0a4bf-e0a49be0a4bfe0a4ae.jpg)
दोलखा ।
पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीका स्थानीयको घर– घरमा अहिले धारा जोडिएको छ । पानीकै समस्याका कारण गाँउ छोडेका स्थानीय घर– घरमा धारा जोडिन थालेपछि आफ्नै थातथलो फर्कन लागेको वडा नम्बर– ४ का वडा अध्यक्ष दिपक खुलालले बताएका छन् ।
कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीमा एक सय २६ घरधुरी रहेको छ । त्यसमा करिब ७० घरधुरीका मानिस राजधानि काठमाडौँमा रहेको वडा अध्यक्ष खुलालले बताए । घर छोडेका धेरै स्थानीय पानीको समस्याकै कारण हिडेका हुन् वडा अध्यक्ष खुलालले भने– त्यसैले वडाको विशेष पहलमा अहिले प्रत्येकको घर– घरमा धारा जोडिएको छ ।
गाउँमा सडक पुगिसकेको छ, घर– घरमा धारा पनि जोडिसकियो वडा अध्यक्ष खुलालले भने– अब राजधानि पुगेका स्थानीय आफ्नै थातथलो फर्कने अपेक्षा गरेका छौं । स्थानीय दिपक घिमिरे, चित्रशङ्कर घिमिरे, ताराशङ्कर घिमिरे, ताराबहादुर कार्की लगायत आफ्नो थातथलो फर्कीसकेको वडा अध्यक्ष खुलालको भनाई छ ।
स्थानीय जेष्ठ नागरिक गंगामाया भण्डारी पनि हिलेपानीका धेरै छिमेकी पानीको समस्याकै कारण घर छोडेर राजधानी हिडेको बताउछन् । केही समय अघिसम्म हिलेपानीका मानिसले पानी खान हिलेपानी स्कूल नजिकको ठूल्धारामात्र थियो गंगामायाले भनिन्-पानी थाप्नेको भीड हुने भएकोले एक गाग्री पानीको लागि घण्टौ पर्खनु पथ्र्यो ।
अर्को स्थानीय जेष्ठ नागरिक रत्नमाया खतिवडा हिलेपानीमा केही समय अघिसम्म एउटामात्र धारा भएकोले पानी लिन एक- दुई घण्टा टाढासम्म जानुपर्ने अवस्था रहेको बताछिन् । अहिले वडाले घर– घरमा धारा जोडिदिएको छ, गाउँमा सडक पनि आएको छ रत्नमाया सनाउ छिन् – अब घर छोडेर नेपाल गएका छिमेकी फर्कने आशामा छौं ।
कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ को पहलमा दुईबर्ष अघि हिलेपानी र माथिल्लो गुमुमा सुरु भएको मिरेक्पा संस्कृतग्राम खानेपानी आयोजनाले अहिलेसम्म एक सय १६ घरमा धारा बनाई सकेको र अब २४ वटा घरम धारा बनाउन बाँकी रहेको वडा अध्यक्ष दिपक खुलालले बताए ।
वडाको पहलमा कालिञ्चोक गाँउपालिकाले क्रमागत बजेट अन्र्तगत सुरु गरेको वडा नम्बर ३ र ४ लक्षित खानेपानी आयोजनाको लागि ११ किलोमिटर टाढा मिरेक्पाबाट पानी ल्याईएको वडा अध्यक्ष खुलालले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।