![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4aae0a4bee0a4a5e0a580e0a4ade0a4b0e0a4be-e0a495e0a587e0a4ace0a4b2e0a495e0a4bee0a4b0-e0a4b5e0a4bfe0a4b5e0a4bee0a4a6-e0a4aae0a495.jpg)
काठमाडौं ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको प्रहरीले जानकारी दिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले विभिन्न जिल्लाबाट पक्राउ परेका सबैलाई रिहा गरेको जानकारी दिए । ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा १७ जना पक्राउ परेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।