
काठमाडौँ।
सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले बिहीबार निकालेको छ ।
पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ बर्षिय अनिल घर्ति र १८ बर्षिय अर्जुन झाक्री मगर निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेका थिए । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली खोजिकार्यको लागि परिचालन भएको थियो । अर्का बेपत्ता झाक्रीको भने खोजीकार्य भईरहेको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।