![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a4bee0a4aee0a4bee0a49ce0a4bfe0a495-e0a4b8e0a49ee0a58de0a49ce0a4bee0a4b2e0a495e0a58b-e0a4ace0a4a2e0a58de0a4a6e0a58b-e0a4aa.jpg)
बाजुरा ।
मानव सिकाइको जग प्रारम्भीक वाल सिकाइलाई मानिन्छ । वालव विकासका लागि पहिलो पाठशाला आमाबुवा हुन् भने दोस्रो पाठशाला घर छिमेक । तेस्रो पाठशाल विद्यालय क्षेत्र हो। बालबालिकालाई जीवनको कुन दिशा तिर लैजाने भन्ने कुरा पहिलो प्राथमिकतामा आमाबुबा अर्थात् अभिभावक नै पर्छन्। अभिभावकले आफ्ना सन्ततिलाई जता लगायो नानीबाबुहरू उतैतिर लाग्छन् । अर्थात् बालबालिकालाई काँचो माटो पनि भन्ने गरिन्छ ।
यद्येपी पछिल्लो समयमा विश्वव्यापी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै बालबालिकाको सिकाई प्रभावित भएको छ । बालकका हात हातमा किताब र खेलौना हुन पर्नेमा मोवाइल देखिन्छन् । गाउँ देखि सहरका अधिकांश विद्यार्थीहरू बढ्दो सामाजिक सञ्जाल करणको दुरुपयोगले सिकाइ उपलब्धिमा ह्रास आउन थालेको छ ।
सञ्चारमा आम नागरिकको पहुँच पुगेसंगैं जिल्लाको गाउँवस्तीमा प्रत्येकको हात हातमा मोबाइल फोन देखिन्छन्। मोवाइल फोन मात्र हैन , अधिकांश वालिवालका फेसबुक, ह्वाट्सव र ईन्स्ट्रागाम जस्ता सामाजिक सञ्जालको कुलतमा फसेका छन् । स्कुलमा शिक्षकले पढाइरहेका हुन्छन्, विद्यार्थी पछाडिबाट मोवाइल चलाएर बसेका हुन्छन्। जस्ले गर्दा दिन प्रतिदिन विद्यार्थीको पढाई स्तर घट्दो छ,जनप्रकाश मावि कोल्टीका शिक्षक गौरीलाल जोशीले भन्नुभयो । विद्यालयमा मोवाइल लिन नदिन हरेक उपाय अपनायौँ, मोवाइल कन्ट्रोल गर्न सकिएन जोशीले भन्नुभयो । सामाजिक सञ्जालको दुरुपयोगबाट बचाउन स्वयं अभिभावक जागरुक हुन आवश्यक छ उहाँले भन्नुभयो ।
आधारभूत तहका बालबालिकाको सिकाई प्रति रुचि जगाउन पहिलो कर्तव्य अभिवाकको हुन्छ कार्यक्रमका मालिका माविका प्रधानाध्यापक शुभराज पाध्याले बताउनुभयो । “ सिकाइको जग आधारभूत सिकाई हो। आमाबुवा नै पहिलो पाठशाला भएकोले बालबालिकाको चौतर्फी विकासमाका लागि अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ ,तपाईँहरू बालबालिकाको लागि सक्रिय भई दिनुस् ”पाध्ययले भन्नुभयो । मालिका माविमा २२ सय बढी बालबालिका अध्ययनरत छन् ।
बिहान १० देखि४ बजेसम्म विद्यालयमा हुन्छन् भने त्यसपछि बालबालिका अभिभावककै जिम्मामा हुन्छन् विद्यार्थीलाई सद्गुणी बनाउन अभिभावक सक्रिय हुन आग्रह गर्नुभयो । सोही प्रसंगमा प्र अ पाध्यायले भन्नुभयो केही दिन अगाडी हाम्रै विद्यालयका केही वालवालिका स्कुल नआएर फ्रिफायर खलेर बसेको देखें । सम्झाएं भोलिपल्ट देखि स्कुल नै आएनन् तत्काल उनका आमाबुबालाई फोन गरे विद्यालयमा बोलाए । आउँछु भन्छन् आएका छैनन् ।
उनीहरू टाढाबाट आएर सदरमुकाममा डेरा गरी बसेका छन्। उनका आमाबुबालाई लाग्दो होला छोराहरू पढ्दै छन् । यो त प्रतिनिधिमूलक घटना मात्र हो यस्ता बालबालिकाहरू कुलतमा फसेका धेरै उदाहरण छन् । विशेष गरी डेरा गरी पढ्ने नानीबावु कुलतमा फस्ने देखिन्छ त्यसैले प्रत्येक अभिभावक उत्तरदायी भूमिकामा रहन प्र अ पाध्यायले आग्रह आग्रह गर्नुभयो।
आधारभूत तहका वालवालिकालाई कुलतमा फस्न नदिन नैतिक आचारण शिक्षा दिलाउन पहिलो पाठशाला अभिभाक सिकाईका साथ शिक्षामा उपलब्धिमा पहुँच पु¥याउन सामाजिक विकास कार्यालय बाजुराले अभिभाव शिक्षा सिकाईमा जोडदिदै आएको छ। जिल्लाका नौ वटै स्थानीय तहमा आधारभूत तहका वालिलबालिकाका लागि सिकाई अभिबृद्धी गर्ने उद्येश्यले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा आभिभावक प्रशिक्षण कार्यक्रम गर्दै आएको सामाजिक विकास कार्यालय बाजुराका प्रमुख मिन लामिछानेले भन्नुभयो ।
बाजुराका सात वटा स्थानीय तहका विद्यालयमा प्रारम्भिक बाल शिक्षा सिकाईका लागि अभिभावकलाई सचेतानामुलक अभिमुखी कार्यक्रम गर्दै सकरात्म्क प्रभाव परेको छ । सामाजिक सञ्जाल दुरुपयोगबाट बचाउन थप जन चेतनामुलक कार्यक्रमको आवकता छ कार्यालय प्रमुख लामीछानेले भन्नुभयो ।
सामाजिक विकास कार्याल बाजुराले आत्महत्या निरुत्साहन, लागूऔषध विरुद्ध सम्बन्धि, आधारभूत तहमा निशुल्क शिक्षा अनिवार्य सम्वन्धि कार्यक्रम रहेका छन् । शिक्षाको गुणस्तर खकनुको कारण पत्ता लगाउन प्रधानाध्यापक शिक्षक अभिभावकसंग जिल्लाभरी अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ ।
विषयगत शिक्षक दरबन्दी नभएका, आवश्यक पाठ्यसामाग्री , भौतिक पूर्वाधार नभएका विद्यालयमा आवस्यकता अनुसार सहयोग गर्दै आएको सामाजिक विकास कार्यालय बाजुराले जनाएको छ । पछिल्लो समयमा वालिवालिकामा फोन तथा सामाजिक सञ्जालको दुरुपयोगले विद्यार्र्थीको पढाई स्तर खस्किदै गएको, बालविवाह बढेको, बालहिंसा लगायत विभिन्न अपराधजन्य घटना वृद्धि भएको एक तथ्यांकले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।