![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a1e0a58de0a4afe0a581e0a49fe0a580e0a4aee0a4be-e0a496e0a49fe0a4bfe0a48fe0a495e0a58b-e0a4aae0a58de0a4b0e0a4b9e0a4b0e0a580e0a4aee0a4be.jpg)
काठमाडौँ।
ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।
मदिरा पिएको ५-६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो ।
प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।