![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a489e0a4a6e0a58de0a4afe0a4aee0a4b6e0a580e0a4b2e0a4a4e0a4bee0a495e0a58b-e0a4ade0a4b5e0a4bfe0a4b7e0a58de0a4af-e0a4a8e0a587e0a4aa.jpg)
काठमाडौं ।
उद्यमशील युवाले नेपालमै भविष्य खोज्नुपर्ने बताएका छन् । आज (शुक्रबार) ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै नेपालमा व्यावसायीक सफलता हासिल गरिरहेका द क्लिप्स बन्जिजम्प व्यवसायी राजु कार्की, माउन्टेन हिस्टारिट्रिक नगरकोटका अध्यक्ष होटल तथा पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरी र फ्रेन्चाइज क्यू एफएक्स सिनेमाकि प्रबन्धक तृप्ति गिरीले उक्त कुरा बताएका हुन् ।
ठकुरीले आफूसँग भएको चिजको सदुपयोग गर्दै उद्यमशीलतालाई अगाडि बढाउनुपर्ने बताए । आफूले १२ रुपैयाँबाट होटल व्यवसायमा लगानी गरेकोमा अहिले ५० करोडभन्दा माथिको लगानी पुगाएको बताए ।
उनले नेपालमा व्यवसाय गर्दाका हजारौं समस्या भए पनि त्यसको सामना गर्नुको विकल्प नरहेको धारणा राखे । नेपालमा देशभन्दा व्यक्ति र व्यक्तिका समस्या धेरै रहेको उनको भनाइ छ । ‘नेपालमा व्यवसायीक वातावरण छैन । यस्तो अवस्थामा आफूले पनि सहजता बनाउनुपर्छ,’ उनले भने ।
यस्तै गिरीले आफूले १० वर्ष विदेशमा बसे पनि अन्तिममा उद्यमशिलताका लागि नेपाल रोजेको बताइन् । आफूले आइटीमा १० वर्ष हंकङ र आठ वर्ष अमेरिका बसेर काम गरेकोमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएको उनले बताइन् ।
‘नेपालमा रिसर्चमा धेरै सम्भावना छैन । किन फर्किएको भनेर सोध्नेहरूको ठूलो जमात छ । नेपाल छोडेर विदेश केका लागि जाने भनेर सोच्नुपर्छ । त्यहाँ के अवसर छ भनेर विचार गर्नुपर्छ,’ उनले भनिन् । गिरीले युवाहरूले उद्यम गर्न सक्नुपर्ने बताएकी छन् । उद्यम गर्न नसके जागिर खान नसकिने उनको भनाइ छ । केही छैन भन्दैमा निराश नहुन उनको सुझाव छ ।
यस्तै कार्कीले स्पष्ट योजनाका साथ काम गर्दा सहजै सफलता हासिल गर्न सकिने धारणा राखेका छन् । ‘नेपालमा अरुको सिको गर्ने चलन छ । कुनै एक व्यवसाय सफल हुँदा त्यसैको पछि लाग्छौं । यसले सफल भइदैन ।
नयाँ भिजनका साथ काम गर्दा नेपालमा धेरै अवसर छ,’ उनले भने । गन्तव्यमा पुग्नका लागि केही न केही सीपमा अब्बल हुनु पर्ने धारणासमेत उनले राखे । त्यसैले कुनै न कुनै सिपमा अब्बल हुन उनको सुझाव छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।