झापा।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-९ खाते बस्ने २१ वर्षीय संजिव आचार्यलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
संजिवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।