काठमाडौं ।
उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् । वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौंको गैरिधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ सन्तोष शाहले विभिन्न परिकार बनाएर खुवाएका हुन् ।
मास्टर सेफ सन्तोषले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चौधरीको वर्षगाँठका अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको जनाएका हुन् । उनका अनुसार वर्षगाँठ मनाउनका लागि उद्योगपनति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित भएका थिए ।
वर्षगाँठ मनाउका लागि चौधरी परिवार शुक्रबार साँझ करिब ७:३० बजेतिर मिथिला थाली पुगेका थिए ।
मास्टर सेफ शाहले उनीहरूलाई विभिन्न १० वटा शाकाहारी परिकार बनाएर खुवाएका हुन् ।
चौधरी परिवारका लागि शाहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि-डिजर्ट र डिजर्ट बनाएका हुन् । शाहका अनुसार अधिकांश परिकार बनाउका लागि नेपाली रैथाने उत्पादनको प्रयोग गरिएको हो ।
‘उद्योगपति चौधरीको वर्षगाँठका अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि पनि सम्मानको क्षण हो,’ उनले भनेका छन् ।
![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a489e0a4a6e0a58de0a4afe0a58be0a497e0a4aae0a4a4e0a4bf-e0a49ae0a58ce0a4a7e0a4b0e0a580e0a4b2e0a587-e0a4aee0a4bfe0a4a5e0a4bfe0a4b2e0a4be.jpg)
शाहले छोटो समयको सूचना र तयारीबीच विभिन्न परिकार बनाएर खुवाएको बताए । ‘उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्नेबारे मलाई दिउसो २ बजेतिर मात्र खबर भयो । सुरूमा त के गर्ने भनेर म आफैं अन्योलमा परेँ । तर करिब ३ घण्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो,’ शाहले भने ।
चौधरी परिवारको साथ र सहयोगले मौलिक संस्कृति र पाककलामार्फत नेपालको पहिचान प्रस्तुत गर्ने आफ्नो उत्साह थप बढेको मास्टर सेफ शाह बताउँछन् ।
त्यसअवसरमा चौधरीसँग नेपाली खाना र यसको विश्वव्यापी प्रबर्धनका विषयमा समेत कुरकानी भएको शाहले बताए । ‘नेपाली मौलिक खानालाई आधुनिक प्रस्तुतीकरणमार्फ विश्वव्यापी बनाउन आवश्यक छ,’ चौधरीलाई उद्धृत गर्दै मास्टरसेफ शाहले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।