
काठमाडौँ।
बारा प्रहरीले ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय, अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ आउँदै गरेको विभिन्न सवारी साधनहरू रोकी चेक जाँच गर्नेक्रममा लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा गिलन अन्दाजी ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो
यससम्बन्धि आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारप्र.ना.उ.प्रकाश सापकोटाले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।