![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4aae0a58de0a4b0e0a4b9e0a4b0e0a580-e0a495e0a581e0a49fe0a58de0a4a8e0a587-e0a5aa-e0a4afe0a581e0a4b5e0a495-e0a4aae0a495e0a58de0a4b0.jpg)
काठमाडौँ।
तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।
कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।