![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a497e0a58ce0a4b6e0a4bee0a4b2e0a4bee0a4aee0a4be-e0a48fe0a495-e0a4afe0a581e0a4b5e0a495e0a4aee0a4bee0a4a5e0a4bf-e0a495e0a581e0a49f.jpg)
काठमाडौँ।
काठमाडौँको गौशालामा एक युवकमाथि कुटपिट गरी लुटपाट भएको छ । लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय नजमुदिन अन्सारी, गोरखा नगरपालिका–१३ का १८ वर्षीय जनेद हुसेन र चितवनको पिप्ले घर भएकी १९ वर्षीया रश्मी क्षेत्री छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले २४ माघको राति साढे १० बजेतिर इटहरी घर भएका एक युवकलाई युवतीको प्रयोग गरी गेस्टहाउस जाने हो भन्दै एकान्त स्थानमा लगेर केटाहरु बोलाई युवकलाई लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले ती युवकको मोबाइल, पर्स, घडी लुटेर लगेको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।