![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4ade0a4bee0a4b0e0a4a4e0a495e0a58b-e0a49ce0a4ace0a4b2e0a4aae0a581e0a4b0e0a4aee0a4be-e0a4aee0a4bfe0a4a8e0a4bfe0a4ace0a4b8-e0a4a6.jpg)
एजेन्सी।
भारतको मध्य प्रदेशको जबलपुर जिल्लामा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग मिनिबस ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन् ।
मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।
स्थानीय प्रहरीका अनुसार जबलपुरबाट कटानी तर्फ़ जाँदै गरेको ट्रक तीव्र गतिमा सडकको गलत दिशामा पसेर मिनिबस ठोक्किएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।