![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b5e0a4b0e0a58de0a495e0a4b8e0a4aae0a4aee0a4be-e0a486e0a497e0a4b2e0a4bee0a497e0a580-e0a4b9e0a581e0a481e0a4a6e0a4be-e0a5ad-e0a4b2.jpg)
रौतहट ।
रौतहट जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ। मंगलबार राति आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
कटहरिया नगरपालिका-५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो।
प्रहरीका अनुसार आगलागीबाट वर्कसपमा राखिएको बा ४ ६ प ९०७ नम्बरको मोटरसाइकल र बिक्रीका लागि राखिएको पार्टपुर्जा जलेर नष्ट भएका छन्।
आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।