काठमाडौँ।
प्रहरीले बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट ५ के.जी लागूऔषध अफिम जस्तो पदार्थसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर कैलाश गा.पा.६ गोगने वस्ने २५ वर्षीय भुवन सिंह थिङ रहेका छन्।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बा ३६ प २७१४ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेको अफिम जस्तो पदार्थसहित १बिहिबार नियन्त्रणमा लिएको हो।
उनलाईमाथि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीको भनाइ छ
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।