
रौतहट ।
रौतहटको चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ हुने भएको छ ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुर रौतहटको आयोजनामा “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार“ भन्ने मूल नाराका साथ फाल्गुण ५ गते देखि १७ गते सम्म तुलसीलाल अमात्य स्मृती रंगशाला चन्द्रपुर ४ चन्द्रनिगाहपुरमा स्थानीय कृषि तथा लघु उत्पादन एवं ब्यबसायिक प्रदर्शनी र बिक्री स्टल लगायत राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकार हरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री सहित बाल उद्यान रहने छ ।
चन्द्रपुर नगर उधोेग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाका अनुसार चन्द्रपुर नगरपालिकाको संरक्षण साथै चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजना साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको सपोर्टमा एवं मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोगमा महोत्सब हुने भएको हो ।
महोत्सबल लाई प्रभाबकारी बनाउन जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरको प्राङ्गण बाट चन्द्रपुरमा सक्रिय, सामाजिक, धार्मिक, खेलकुद, विभिन्न जात जाती, धर्म संस्कृति, कला संस्कृति संग सम्बन्धित संघ संस्थाहरुको अगुवाईमा पहिचान झल्कने शोभा झाँकी, भेष भुषा, श्रृंगार, बाजा गाजा सहित महोत्सबल स्थल पु-याइने छ ।
चन्द्रपुर नगर उधोग बाणिज्य संघका महासचिब जनकराज भारतीले महोत्सबको लागि बालउद्यान, टेन्ट, स्टल, स्टेज र लाईटका काम हरु सम्पन्न भैसकेकाे बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।