काठमाडौं ।
अग्रज पत्रकार तथा नेपाल समाचारपत्र बाजुराका जिल्ला संवाददाता दयाराम पण्डितलाई पितृ शोक परेको छ । ८७ वर्षीय पिता नन्दराम पण्डितको सोमबार निधन भएको हो ।
बडीमालिका नगरपालिका–७ बाजुरा स्थायी घर भएका उनको घरमै निधन भएको परिवारजनले बताएको छ । नन्दराम लामो समयदेखि दमका बिरामी थिए । उनकाे साेमबार नै दाहासंस्कार गरिएकाे थियाे ।
यसै क्रममा पण्डितको निधनप्रति नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले समवेदना प्रकट गरेको छ । ‘देहविमुक्त मुक्तात्मालाई भगवान् श्रीमन्नारायणको नित्य कैङ्कर्य प्राप्त होस् भनी भगवान्सँग प्रार्थना गर्दै नन्दराम पिताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।’ –कामना प्रतिष्ठान शाखाका सचिव सूर्यप्रसाद अर्यालद्वारा प्रकाशित समवेदना पत्रमा भनिएको छ ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।