
धुलिखेल ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका- ३ कुँडुवाल खोलामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
धादिङबाट जन्ती पुर्याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीवार बिहान ५:४० बजेको समयमा घुम्तीमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको बताइन्छ ।
दुर्घटनामा बसका मालिक तेमाल-१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ भने बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।