
नवलपरसी ।
प्रजातन्त्र दिवसका अवसरमा प्राकृतिक चिकित्सालय रजहरले प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा सामुदायिक शिक्षण अस्पताल संचालन बिषयक अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा वक्ताहरूले पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ मा रहेको प्राकृतिक चिकित्सालयले बिरामीहरूलाई दिदै आएको सेवा र भौतिक अवस्थितिले प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणको सम्भावना सहित प्रस्ताव अघि सारिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारीले आयुको ज्ञानदिने माध्यम आयुर्वेद भएकोले प्राकृतिक चिकित्सा यसैमा आधारित जीवन पद्धति र उपचारात्मक विधि भएको औलाए ।
अन्तरक्रिया कार्यक्रममा वर्तमान चलनचल्तीमा रहेका सबै उपचार बिधिले आफ्नो असाध्य रोगको उपचार सम्भव नभएपछि अन्तमा प्राकृति चिकित्सा पद्दतीबाट जीवनदान पाएको बताउने सामुदायिक प्राकृति चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले शिक्षण अस्पताल संचालनार्थ कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्राकृतिक चिकित्सा सम्बन्धि गहन छलफल गरिएको अन्तरक्रिया कार्यक्रममा नियमित योगाभ्यास, स्वस्थ्यकर जीवनशैली र घर घरबाट गरिनु पर्ने भान्सा सुधार नीतिका सम्बन्धमा चर्चा गरिएको थियो ।
स्थानीय कालिका संस्कृत बिद्या पीठका प्राचार्य प्रा।डा रामचन्द्र कंडेलको संचालन रहेको उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व उपकुलपति नेपाल संस्कृत विश्व बिद्यालयका प्रा.डा.कुल प्रसाद कोईराला,पूर्व शिक्षाध्यक्ष प्रा. रमेश ढकाल,शिक्षाविद रमाकान्त सापकोटा,देवीभक्त ढकाल,प्रेम प्रसाद सापकोटा, समाजसेवी ओम सापकोटा लगायतले शुभकामना राखेका थिए ।
स्वभावत मानिसले आफ्ना सबै बिषयको ख्याल गर्ने तर स्वयंमको स्वास्थ्यमा हेल चक्र्याई गर्ने हुँदा त्यस्ता बखत अत्यन्त सस्तो र प्रभावकरी स्वास्थ्योपचार बिधि भनेकै प्राकृतिक चिकित्सा पद्धति रहेको अन्तरक्रियामा चर्चा गरिएको थियो ।
सामुदायिक प्राकृतिक चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानीय समाजसेवी,जनप्रतिनिधि,संचारकर्मी तथा चिकित्सालयमा उपचारत कयौं बिरामीहरूको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।