धादिङ ।
पंजीकरण सेवालाई त्रुटिरहित बनाउन र सेवा प्रवाहमा एकरुपता ल्याई छिटो काम गर्न अनलाइनबाट नागरिकताको सिफारिस प्रणालीको नीलकण्ठ नगरपालिका -३ बाट सुरु भएको छ ।
नागरिकलाई सरकारी सेवाहरूको सहज पहुँच सुनिश्चित गर्नु र अनलाइन माध्यमबाट सिफारिस प्राप्त गर्ने प्रक्रिया सरल र प्रभावकारी बनाउने उद्देश्यले धादिङको नीलकण्ठ नगरपालिका–३ बाट सेवा सुरु गरेको हो ।

अनलाइन सिफारिस प्रणालीले नागरिकहरूको सेवा प्रवाहमा महत्त्वपूर्ण कदम अघि बढेको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्माले बताए।
धादिङको १०४ वटा वडामा अनलाइन सेवा सुरु गरिने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिँदै अबदेखि हातले लेखेको सिफारिस अमान्य हुने बताए।
नीलकण्ठ नगरपालिका– ३ का कार्यवाहक वडा अध्यक्ष सम्झना विकले वडा नम्बर ३ बाट सेवा सुरु गरिएकोले वडाबासीलाई सेवा लिन आग्रह गरिन् ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत पुरुषोत्तम सुवेदी, प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतले सेवा प्रभावकारी रहने विश्वाससँगै शुभकामना दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।