काठमाडाैं ।
गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्ध इन्टरनेशनल स्कुलले विद्यार्थीलाई विभिन्न देशका सांस्कृतिक, राजनैतिक र रहनसहनका पद्धतिबारे ज्ञान दिनको लागि “इन्टरनेशनल डे” को आयोजना गरेको छ ।

पाठ्यक्रममा मात्रै आधारित भएर पढाइ सिकाइको माध्यम प्रभावकारी हुन नसक्ने मान्यतालाई आत्मसात् गर्दै अहिले विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरेको हो ।

काठमाडौं महानगरपालिकाले बुक फ्री फाइडे र स्टिमका विभिन्न कोर्सहरु सञ्चालन गरिरहेको छ । विद्यार्थीहरुलाई समूहमा विभाजन गरेर संयुक्त राष्ट्रसंघमा दर्ता भएका देशहरु मध्ये ५० वटा देश झल्काउने स्टलहरु राखिएका छन् ।

यसका साथै संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय सहायता सम्बन्धी संस्थाका स्टल पनि राखिएका छन् ।










यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।