लमजुङ।
लमजुङको बेसीशहर नगरपालिका ७ मा सञ्चालित तीन महिने (तिन सय ९० कार्य घण्टा) आधारभूत ब्युटी पार्लर तालिम सोमबार सम्पन्न भएको छ । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजना र वडा नं. ७ को समन्वयमा तालिम भएको हो ।
तालिम समापन समारोहका प्रमुख अतिथि एवं वडा नम्बर ७ का वडा सदस्य खड्का बहादुर थापाले प्रमाण पत्र वितरण गर्दे सिकेको सीपलाई अवसरको रुपमा प्रयोग गरेमा तालिम सार्थक हुने बताए । वडा कार्यालयले पनि विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै सिकेको सीपलाई स्वरोजगार बनाउन थप तालिमको आवश्यक परेमा वडाले माग अनुसार उपलब्ध गराउने बताए ।

बेसीशहर स्थित रेडियो मर्स्याङ्दीका निर्देशक मिना गुरुङले सिकेको सीपलाई कार्यक्षेत्रमा लागु गरे मात्रै तालिम सार्थक रहने बताइन् । सो सिपलाई महिलाले मात्र नभई पुरुषले पनि सिकेर महिला दिदीबहिनीहरु सरह स्वरोजगार बन्न सक्ने बताइन् ।
तालिमका प्रशिक्षक एवं मिरा व्युटिजोनका प्रोपाइटर तारा गुरुङले सिकाएको सीपलाई पूर्ण बनाउन ब्युटीपार्लरमा गएर अभ्यास गर्नुपर्ने बताइन् । सहभागीको तर्फबाट प्रशिक्षार्थी विपना तामाङले सिकेको सीपलाई जीवनोपयोगी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । सहभागिहरुले एड्भान्स कोर्सको माग राख्दै आयोजकलाई माग पत्र पेश गरेका थिए ।
२२ जना महिलाहरुको सहभागिता रहेको तालिममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका लेखाअधिकृत विनोद रेग्मी, वडा नं. ७ का वडा सचिव पूर्ण बहादुर भोलान लगायतको उपस्थिती रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।