स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्सव, मेला तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानून विपरित हुने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्सव, मेला तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानून विपरित हुने बताएको छ । उसले यसरी संलग्न भए कानून बमोजिम कार्वाही हुने स्पष्ट पारेको छ ।
पोखरामा १५ फागुन (भोलि) देखि सुरु हुन लागेको नेपाल लिटरेचर फेस्टिबलको इभिनिङ म्युजिकल सेसनको स्पोन्सरको रुपमा नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल भएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
फेस्टिवलको अघिल्ला संस्करणमा टाइटल स्पोन्सर गरेको सूर्य नेपाल यसपटक इभिनिङ म्युजिकल सेसनको स्पोन्सर रहेको केही दिन अघि आयोजकले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । नेपाली हेल्थ सहित केही सञ्चारमाध्यममा यस विषयमा समाचार सार्वजनिक भएपछि भने आयोजकले पेजबाट सो पोष्ट हटाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्धारा जारी विज्ञप्तीमा सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र यस्ता पदार्थको सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सुर्तीजन्य पदार्थ ९नियन्त्रण तथा नियमन० ऐन २०६८, नियमावली र निर्देशिका समेत जारी भएको उल्लेख छ ।
विज्ञप्तीमा यदि कहि कतै उक्त ऐन, नियमावली तथा निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५,मा विहान ८ देखि बेलुका ८ बजेसम्म फोन वा ह्वाट्सएप वा भाइवर नम्बर ९८५१३३०५९२ मा सम्पर्क गर्न समेत भनिएको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने अनेकन दीर्घ रोगहरु, उत्पन्न रोगहरुको उपचारमा अरबौँ रुपैयाँ खर्च र बार्षिक ३७ हजार बढीको मृत्यु हुने तथ्यांक रहेको भन्दै यसका नियन्त्रणका लागि भएका कानूनी व्यवस्थाको पालना गर्नु गराउन सबैको दायित्व भन्दै अपिल समेत गरेको छ ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।