
महोत्तरी ।
महोत्तरीवाट मधेश प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय खेलमा सहभागी हुने चार जना खेलाडीहरूलाई उधोग बाणिज्य संघले विदाई गरेको छ ।
जिल्लाको बर्दिवासवाट कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते खेलमा छनोट भएका ईशान श्रेष्ठ, समुयल मुग्राति, सुस्मिता राणा र होम वहादुर थापालाई वुधवार बर्दिवास उधोग बाणिज्य संघले विदाई गरेको हो ।
आफ्ना खेलाडीहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले जनही एक/एक जोर जर्सी सहित विदाई गरिएको उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।
सहभागी खेलाडीहरुले मधेश प्रदेशको प्रतिनिधित्व हुने गरि कराते खेलमा प्रतिस्पर्धा गर्नेछन । महोत्तरीवाट छनोट भएका चारै जना खेलाडीहरु बर्दिवासका हुन ।
उनिहरुलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा जिल्लावाट छनोट गरिएको कराते माहासंघ महोत्तरीका अध्यक्ष सन्तोष दर्लामीले वताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।