
धादिङ ।
माटो खन्ने क्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे आग्राखोलामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा पुरिएर घाईते भएका मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ११ घर भई हाल धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे निवासी २७ वर्षीय राजु बल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी सुवास हमालले जानकारी दिएका छन् ।
माटोको ढिस्कोले पुरेकोमा स्थानियहरुलेघाइतेलाई उद्धार गरी उपचारको लागि महादेववेशीको टाईम्स केयर अस्पतालमा सामान्य उपचार गराएपछि ट्रमा सेन्टर काठमाडाैं पठाइएकोमा उपचारका क्रममा साँझ करिब ७ बजेको समयमा मृत्यु भएको थियो ।
यसैगरि खोटाङ जिल्ला बारापोखरी घर भई धादिङ थाक्रे गाउँ पालिकाका ४२ वर्षीया नम्रता राई सामान्य घाईते भएकी छिन् । सामान्य उपचार पछि उनको डिस्चार्ज भईसकेको प्रहरी चौकी महादेववेशीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।