
काठमाडाैं ।
जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानूनविपरीत रहेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरी कारवाहीको क्रममा बुधबार गस्ती गर्दै जाने क्रममा चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्तीका विभिन्न टोलीले जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको हाे ।
पच्चिस लाख मूल्य बराबरका मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।