
उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका १० मा रहेको भगवती मन्दिर परिसरमा गत माघमा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मुल आयोजक समितिले पुराणको आम्दानी र खर्चे सार्वजनिक गरको छ ।
गत माघ ५ गतेदेखि ११ गतेसम्म लगाइएको उक्त श्रीमद्भागवत् ज्ञानमहायज्ञ पुराणमा पुराण वाचन अद्भूत कला र क्षमताकी प्रतिभा प्रख्यात राधिका दासीले गरेकी थिइन । भगवती मन्दिरको निर्माण कार्यका लागि पुराणको आयोजना गरिएको र संकलन रकम मध्ये खर्च भएर बाँकी रहेको रकम मन्दिर निर्माण कार्यमा लगाउने पुराण आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कल्याण बिक्रम बोहराले बताए ।
भगवती मन्दिर व्यवस्थापन समितिले शनिबार एक विज्ञप्ती जारी गरेर साताव्यापी पुराण वाचनमा कुल आम्दानी ८३ लाख ६३ हजार ८७७ रुपैया भएको र जम्मा खर्च ३३ लाख ५५ हजार ६५५ रुपैयाँ भएको विज्ञप्तीमा उल्लेख छ ।
आम्दानी र खर्च विवरणसहित जारी गरिएको विज्ञप्तीमा राधिका दासीलाई पटक पटक भेट्न जान आउन मात्र ६८ हजार, पुराण पूर्व तयारी खर्च ६३ हजार १८०, पुराणमा मन्दिर सजावट तथा आवश्यक सामान खरिद फूल प्रसाद र अन्य खर्च ४ लाख ५९ हजार४४५ रुपैयाँ भएको उल्लेख छ ।
यसरी नै अन्य खर्चमा पुरानका समयभित्र भएको खर्च १ लाख ५५ हजार४६० रुपैया, खादा माला गम्छा टेन्ट लगायतका सामानमा ९ लाख ६९ हजार ५ १९ रुपैया खर्च भएको र समितिगत रुपबाट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कल्याण बिक्रम बोहराले दिएको जानकारी अनुसार आर्थिक समितिबाट १६ लाख ४० हजार, ५१ रुपैया खर्च भएको, मन्दिर समितिबाट १७ लाख १५ हजार६०४ रुपैया, गरी जम्मा खर्च ३३ लाख ५५ हजार ६५५ भएको र जिन्सी सहयोग २३ लाख, १३ हजार २११ रुपैयाँ बराबरको भएको छ ।
खर्च कटाएर नगद बचत २६ लाख ९५ हजार ११ रपैयाँ र जिन्सी समेतको जम्मा बचतमा ५० लाख ८ हजार २२२ रुपैयाँ रहेको र बचत रकम मन्दिरको निर्माण कार्यमा प्रयोग गरिने जारी विज्ञप्तीमा उल्लेख छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।