
सिन्धुली।
सिन्धुलीको मरिण गाउँपालिकाले माझी समुदायको मुख्य पर्व लदी (कोशी) पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आज सूचना निकालेर लदी पुजाको अवसरमा फागुन १९ र २० गते दुई दिन स्थानीय बिदा दिइएको जनाएको छ ।
गाउँपालिकाको कार्यालय, सात वटै वडा कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासद्वारा जारी सूचनामा उल्लेख छ । माझी समुदायले प्रत्येक वर्ष फागुनको तेस्रो मंगलवार लदी(कोशी) पूजा मनाउने गर्छन् ।
मरिण गाउँपालिकामा तामाङ पछि माझी समुदायको मुख्य बाहुल्यता रहेको छ । माझी समुदायको संस्कार, सस्कृति र भेष–भुषालाई संरक्षण गर्न र पर्वलाई हर्षोउल्लासका साथ मनाउनको लागि स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।