काठमाडौं।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन सबैको योगदान अनिवार्य भएको बताए ।

उनले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धनका साथै आर्थिक विकास एवं सामाजिक प्रगतिसहित समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए ।
परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपालको बैदेशिक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गराउन आवश्यक सहयोग पु¥याउँदै आएको परिषद्ले शान्ति र विकाससम्बन्धी कामलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा नेपाल विश्व सम्बन्ध परिषद्को जर्नल पनि सार्वजनिक गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।