१८ बुधवार, बर्दघाट । विङ्ग स्टुडेन्ट ,र सहयोगी युथ को संयुक्त आयोजनामा सरसफाई मुलक जनचेतना जगाउने अभिप्रायका साथ आयोजित प्लेकार्ड सहितको र्याली आज बर्दघाटमा सम्मपन्न भएको छ । बर्दघाट बजार क्षेत्रमा ठुलो समस्याको रुपमा रहेको फोहोर ब्यबस्थापन र यसमा आएका चुनौतिहरुलाई मध्य नजर गर्दै तपाईले गरेको फोहोर कस्ले उठाउने , मेरो फोहोर मेरो जिम्मेवारी, स्वच्छ सहर सबैको रहर, सोचमानै छ परिवर्तन आदी लेखिएक प्लेकार्ड सहिलको र्याली दिउसो ३ बजे बाट दौतरी एफएम देखि सुरु भएको र्याली बर्दघाट चोक हुदै लक्ष्मि नगर बाट भित्रि बाटो हुदै चिसापानीमा लाग्ने बुधवारे हाट बजारमा पुगी पूर्व पस्चिम राजमार्गमा हिड्ने यात्रु संगै बजारमा आएका उपभोक्ताहरुले देख्ने गरि उक्त समुह २ घण्टा सम्म प्लेकार्ड लिएर उभिएका थिए । भने ५ बजे पुनः सो समुह दौतरी एफ.एममा आएर कोण सभामा परिणित भएको थियो ।
कायैक्रम बिङ्ग स्टुडेन्टका संयोजक राजन पाण्डेको संयोजकत्वमा भएको थियो भने सहयोगी युथका सचिब अमर रेग्मी, दौतरी एफ.एम १०५.८ मेगाहर्जका अध्यक्ष सिसम पाण्डे लागाएतको उपस्थिती रहेको थियो । र्यालीमा ३० े युवाहरुको उपस्थिती रहेको थियो भने आगामी दिनमा समेत स्बच्छ र हराभरा नगरका लागि अन्य समुहहरु संग समेत सहकार्य गरेर थप कार्य थोजना सहित अगाडी बढिने कार्यक्रमका संयोजक राजन पाण्डेले बताउनु भएको छ । कार्यक्रमको दौतरी एफ.एम १०५.८ मेगाहर्ज मिडिया सहकर्मिको रुपमा रहेको छ ।