
काठमाडौं ।
धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ ।
चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बिहीबार बिहान आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँकाले जनाएकाे छ ।
बसमा चार्ज गर्ने क्रममा प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।
आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।