
काठमाडौं ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ ।
प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले मनोनयनको प्रक्रिया सकिएको हो ।
तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा कृष्ण प्रसाद अधिकारी र गाेपेन्द्र केसरी न्याैपानेले उम्मेदवारी दिएका छन् ।
यस्तै सह अध्यक्ष लागि गाेपाल प्रसाद आचार्य र टंक बहादुर भट्टराईले उम्मेदवारी दिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षका दिपीका रिमाल थापा र नवराज महतले उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिवमा आरबी कटुवाल र कोषाध्यक्षमा गणेश पोखरेल रहेका छन् । प्याब्सनको १६ औँ राष्ट्रिय महाअधिवेशन फागुन २६ र २७ गते दुई दिन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।