
एजेन्सी ।
युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
जेलेन्स्की ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला आक्रमण भएको थियो ।
शहरका क्षेत्रीय गभर्नर सेर्ही लिसाकले क्रिभी रिहमा रुसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा चार जनाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए ।
सेर्ही लिसाकले क्षेप्यास्त्र युक्रेनको मध्य शहरमा रहेको एक होटलमा खसेको थियो, जसले गर्दा १३ अपार्टमेन्ट ब्लक र १२ पसलहरूमा क्षति पुगेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।