
उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएम गेट नजिक बिहीबार साँझ भएको सवारी दुर्घटनामा एकै घरका दिदी बहिनीको ज्यान गएको छ ।
गाईघाटस्थित त्रियुगा नपा ११ हिमाली टोलमा रहेको हिमशिखर फर्निचर उद्योगको प्र १ ०५ ००१ च् ००९१ नंम्बरको बोलेरो गाडीले ब्रेक फेल भै डिएम गेटबाट बस पार्कतिर जाने भित्री सडकमा अनियन्त्रित भएर घरको वेटीमा बसिरहेका दिदी बहिनीलाई ठक्कर दिंदा दुबैको ज्यान गएको हो ।
सवारी दुर्घटना गराउने सवारी चालक त्रियुगा नपा ९ बस्ने वर्ष १८ को निर्जल कटुवाललाई र सवारी साधन अहिले प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सो दुघटनामा परेका सप्तरी जिल्लाको राजविराज घर भएका ललन दासको १४ वर्षकी छोरी अनु कुमारी र १२ वर्षकी अर्की छोरी देवी कुमारी दुबैको ज्यान गएपछि परिवारमा रुवाबासी चलेको छ ।
सो सवारी दुर्घटनामा देवीको घटनास्थलमै र अनुको उपचारका लागि जिल्ला अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।