
काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरूप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘साथी’ नामक संस्थाले बिहीबार आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी तथा जनजाति आयोग, दलित आयोग र अन्य संवैधानिक व्यवस्था गरी महिला, दलित तथा आदिवासी जनजातिको विषयलाई उच्च प्राथमिकता दिँदै कार्यान्वयनमा लैजानुपर्ने बताए ।
उनले महिला, बालबालिका, जनजाति लगायतको समस्या जटिलछ । यसको सुधार सरकार एक्लैले गर्न सक्दैन । सबैको साथ र सहयोगबाट मात्र सुधार सम्भव छ भने । जेनेभामा फेब्रुअरी ३ देखि ५ सम्म भएको सिडको ९० औं सत्रमा नेपालको तर्फबाट प्रस्तुत गरिएका ३ वटा प्रतिवेदनमा महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्न आफु प्रतिबद्ध रहेको मन्त्री सुडीले जानकारी गराए।
सिड कमिटीका सदस्य तथा साथी संस्थाका संस्थापक अध्यक्ष बन्दना राणाले ६ बर्षमा एकपटक हुने सिड कमिटिमा नेपालको तर्फबाट प्रगति रिपोर्ट बुझाउँनुपर्ने हुँदा सरकार, समाज, गैह्रसरकारी संस्थाहरुको संजालले अहिले देखिनै बिषयमाथी छलफल गरि तयारी गर्नुपर्ने बताइन् । उनले कंगोको तुलनामा भर्खरै जेनेभामा सम्पन्न भएको सम्मेलनमा जति तयारी हुनुपर्ने हो त्यति हुन नसकेको र अनुगमन, कार्यान्वयन, तथ्यांक संकलन राम्रो नभएको कुरा औल्याइन् ।
सोही अवसरमा भिजिवल इम्प्याकटका डाईरेक्टर मेधा शर्माले २०१८ को दाँजोमा २०२५ को तयारी राम्रै भएको भए पनि स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्व नहुँदा अधुरो महसुस भएको बताइन् । त्यस्तै फेडोका अध्यक्ष दुर्गा सोबले संक्रमण कालिन न्याय र महिलाका बिषय राम्रोसँग उठन् सक्थ्यो सरकारको तयारी नपुगेको कारण कमजोर प्रस्तुति रहेको बताइन् । कार्यक्रममा महिला कानून बिकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सम्मेलन धेरै महत्वपूर्ण भएको र सबै पक्ष मिलेर प्रभावकारी कसरी बनाउँने भन्ने बारेमा बृहत छलफल र तयारी शुरुदेखिनै गर्नुपर्ने बताइन् ।
सोही अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दक्षिण एशियामा नेपाल रोलमोडलको रुपमा प्रस्तुत भयो । सिड कमिटीमा भाग लिने तिनै तह राज्यका सपोर्टर हुन् । हामीले अपेक्षा गरे भन्दा धेरै राम्रो प्रस्तुति मन्त्रीको रहेको बताएकी छन् । पद्यमकन्या क्याम्पसका सह प्राध्यापक प्रतिमा गुरुङले आदिवासी , जनजाति, महिलाको हकमा राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय प्रतिनिधि प्याट्रिसिया फर्नानडेजले नेपालको भूमिका महत्वपूर्ण रहेको बताइन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।